एन्जलको पहिलो जन्मदिनमा बिरामीलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    एन्जलको पहिलो जन्मदिनमा बिरामीलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७७, मंगलवार

    तनहुँ : पछिल्लो समय जन्मदिन मनाउने ट्रेन्ड फेरिएको छ । फजुल खर्च गरी मनाउनुको सट्टा जन्मदिनमा विपन्न, अशक्त र विभिन्न रोगले थला परेकालाई सहयोग गर्ने ट्रेन्ड बसेको छ ।

    यही ट्रेन्डलाई पछ्याउदै शुक्लागण्डकी नगरपालिका–२ जुवादीका दुर्गाबहादुर र पूर्णिमा विक दम्पत्तिले छोरी एन्जलको पहिलो जन्मदिनको अवसरमा सडक दुर्घटनामा थला परेकी महिलालाई उपचारमा सघाउन पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ न्याउलपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा पञ्चमुनीचोकमा बस्दै आएकी २७ वर्षीया सुनिता थारुको उपचारार्थ सघाउन उहाँहरुले सहयोग गर्नुभएको हो ।

    थारु गत असार ११ गते दुलेगौँडाको भित्री सडकमा सवारी दुर्घटनामा परी थला पर्नुभएको हो । ज्याला मजदुरी गर्दै दैनिक गुजारा चलाउने थारुका श्रीमान थानीराम श्रीमतीको स्याहार सुसारमा खटिनुपर्दा अहिले आर्थिक समस्या छ । दैनिक गुजारा चलाउन र श्रीमतीको उपचार गर्न आर्थिक अभाव भएको उहाँले सुनाउनुभयो ।

    फजुल खर्च गर्नुको सट्टा उपचारमा सघाउन छोरीको जन्मदिनको सहयोग गरेको दुर्गाबहादुरले बताउनुभयो । खानपानमा खर्च गर्नुको सट्टा दिनदुखीलाई सहयोग गर्दा पुण्य र आत्मासन्तुष्टि दुवै मिल्ने उहाँको भनाई छ ।