सशुल्क कोरोना परीक्षणका लागि पोखरा जान नपर्ने, एपोलोमा स्वाबको व्यवस्था मिलाईने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सशुल्क कोरोना परीक्षणका लागि पोखरा जान नपर्ने, एपोलोमा स्वाबको व्यवस्था मिलाईने

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७७, बिहीबार

    तनहुँ : सशुल्क रुपमा कोरोना परीक्षणका लागि अब पोखरा वा चितवन जान नपर्ने भएको छ । दमौलीस्थित नेशनल एपोलो अस्पतालमा स्वाब सङ्कलन शुरु हुने भएपछि पैसा तिरेर कोरोना परीक्षणका लागि अन्यत्र जान नपर्ने भएको हो ।

    एपोलो अस्पतालले मङ्गलबारदेखि अस्पताल परिसरमै स्वाब सङ्कलनको व्यवस्था मिलाउन लागेको सञ्चालक चुडामणि दाहालले जानकारी दिनुभयो । उहॉका अनुसार प्रत्येक हप्ताको मङ्गलबार स्वाब सङ्कलनको व्यवस्था मिलाइनेछ ।

    “सङ्कलन गरिएको स्वाब नेपाल सरकारबाट मान्यताप्राप्त ल्याबमा परीक्षण गरिनेछ,” उहॉले भन्नुभयो, “जिल्लामै स्वाब सङ्कलनको व्यवस्था भएपछि पोखरा र चितवन जानुपर्ने बाध्यता हट्नेछ ।” दाहालका अनुसार सङ्कलन गरिएको स्वाबको रिपोर्ट एकदिनमै उपलब्ध गराइनेछ । “अत्यन्तै जरुरी भएकाहरुलाई आजको आजै पनि रिपोर्ट दिने व्यवस्था मिलाउनेछौ,” उहॉले भन्नुभयो ।

    दश जना भन्दा बढी भएको खण्डमा अस्पतालले सम्बन्धित ठाउँमा र जुनसुकै दिनमा पनि स्वाब सङ्कलनको व्यवस्था मिलाउने दाहालले जानकारी दिनुभयो ।