मिर्गौला पीडित गफ्फारलाई तनहुँ समाज अष्ट्रेलियाको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडित गफ्फारलाई तनहुँ समाज अष्ट्रेलियाको सहयोग

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-४ स्थित मिर्गौला पीडित अब्दुल गफ्फारलाई तनहुँ समाज अष्ट्रेलियाले रु ४१ हजार पॉच सय पॉच सहयोग गरेको छ । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उक्त रकम शुक्रबार मिर्गौला पीडितका श्रीमती कोपिलालाई हस्तान्तरण गर्नुभएको हो।

    सो अवसरमा सहयोग जुटाउन सक्रिय समाजसेवी युवा अभियान्ता लक्ष्मीभक्त खनाल र व्यास युथ क्लबका अध्यक्ष मिन बहादुर गुरुङको सहभागिता रहेको थियो।

    विभिन्न सञ्चार माध्यमबाट दुबै मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएको भनी जीवन रक्षाको सहयोगको लागि अनुरोध गरेसँगै तनहुँ समाज अष्ट्रेलिया सहयोगको लागि जुटेको समितिका महासचिव सूर्य खनालले जानकारी दिनुभयो ।

    विभिन्न असहाय र पीडितको सहयोगको लागि रकम सङ्कलन अभियानमा तनहुँ समाज अष्ट्रेलियाका अध्यक्ष दिनेश खनालको कार्य समिति निकै सक्रिय रहि सहयोग गर्दै आईरहेको समाजको सदस्य सन्देश राजभण्डारीले बताउनुभयो ।