तनहुँ : वडा र स्थानीय सरकारमा युवाले कसरी अवसर पाउँलान् ? यसै विषयमा केन्द्रित रहेर युथ काङ्ग्रेस नेपाल तनहुँ शाखाले छलफल गर्दैछ ।
शनिबार युथ काङ्ग्रेसले सोही विषयमा केन्द्रित रहेर व्यास नगरपालिका-५ का वडाध्यक्ष, नगर प्रवक्ता एवं काङ्ग्रेस व्यास नगर सचिव मोहनकुमार श्रेष्ठसँग जुम मार्फत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको युथ काङ्ग्रेस तनहुँका सभापति राजेशकुमार श्रेष्ठले बताउनुभयो ।
छलफलमा देशका अन्य जिल्लाका व्यक्तिहरु पनि सहभागी हुनेछन् । अन्तरक्रियामा युवा जनप्रतिनिधि हुन चाहेमा के कस्ता कुरामा जानकार हुनु पर्दछ, वडाका कर्तव्य र अधिकारहरु के के हुन?, वडाबाट सर्वसाधारणले के कस्ता सुविधा प्राप्त गर्न सक्छन ? आदि कुराहरुमा बहस गरिनेछ ।