बसलाई ओभरटेक गर्न खोज्दा …
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बसलाई ओभरटेक गर्न खोज्दा …

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, आईतवार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आइतबार मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किदा दुई जना घाइते भएका छन् । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा ८२ प ३३६५ नम्बरको मोटरसाइकल सोही दिशाबाट आइरहेको ग १ ख ४०९१ नं को बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो ।

    घाइते हुनेमा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–४ बस्ने ३० वर्षीय भरत गुरुङ र पछाडि सवार गोरखा गण्डकी गाउँपालिका–६ बस्ने सुरज गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ ।