बिहारमा फेरि नीतिश सरकार, तेजश्वीले दिए कडा टक्कर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    बिहारमा फेरि नीतिश सरकार, तेजश्वीले दिए कडा टक्कर

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०७७, बुधबार

    एजेन्सी : बिहारमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन नेशनल डेमोक्रेटिक एलायन्सले बहुमत हासिल गरेको छ। २४३ सिट भएको विधानसभामा सरकार बनाउन १२२ सिट आवश्यक पर्छ। मुख्यमन्त्री नीतिश कुमारको पार्टी जनता दल युनाइटेड र भारतीय जनता पार्टीको एनडीए गठबन्धनले  करिब १२५ सिट जितेको द प्रिन्टले उल्लेख गरेको छ।

    राष्ट्रिय जनता दल (आरजेडी)को नेतृत्वमा बनेको महागठबन्धनलाई भने बहुमत पर्‍याउन केही सिट नपुग्ने देखिएको छ। महागठबन्धनले करिब ११० सिट जितेको छ।

    एनडीएले बहुमत पाएसँगै बिहारमा फेरि नीतिश कुमारको सरकार बन्ने निश्चित भएको छ। आरजेडी नेता तेजश्वी यादवको मुख्यमन्त्री बन्ने सपना केही सिटका कारण विफल भएको छ। यद्यपि, लालू यादवका छोरा तेजश्वीले एनडीए गठबन्धनलाई कडा टक्कर दिएको र आउने दिनमा बिहार राजनीतिमा तेजश्वी हावी हुने अनुमान गरिएको छ।  

    सत्तामा एनडीए गठबन्धन पुगेपनि बिहारमा सबैभन्दा ठूलो दलका रुपमा तेजश्वी नेतृत्वको विपक्षी दल आरजेडी बन्ने लगभग निश्चित बनेको छ। आरजेडीले ७५ सिट जित्दा भारतीय जनता पार्टीले करिब ७० सिटमा विजयी हासिल गरेको छ। नीतिश कुमारको दलले भने करिब ४३ स्थानमा जितेको छ।