गण्डकीमा शनिबार थपिए २१० सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा शनिबार थपिए २१० सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७७, शनिबार

    पाेखरा : गण्डकी प्रदेशमा शनिबार २ सय १० कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर डाइग्नोस्टिक प्रालिमा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका २ सय १० जनामा पोजेटिभ देखिएको हो ।

    शनिबार १२ सय ७९ स्वाब परीक्षण भएको छ । शनिबार कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय ४८ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतमा १८, तनहुँमा १४, म्याग्दीमा १०, गोरखामा ६, लमजुङ र स्याङ्जामा ५/५ र बागलुङमा ४ संक्रमित थपिएका छन् ।

    प्रदेशमा योसँगै कुल कोरोना संक्रमितको संख्या १० हजार २ सय ८५ पुगेको छ । तीमध्ये ५ हजार ६० जना निको भएका छन् । शनिबारसम्म गण्डकी प्रदेशमा १ लाख ५ सय ८ स्वाब परीक्षण भएको छ ।