पोखरामा प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७७, सोमबार

    पोखरा : पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका डीएसपी सुवास हमालले बताउनुभयाे ।

    दुर्घटनामा चालक पोखरा महानगरपालिका–२८ घर भई लेकसाइड ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ । यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् ।

    दुघर्टनापछि दुबैलाई उद्दार गरेर सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकले मृत घोषणा गरे । डीएसपी हमालका अनुसार छाती र खुट्टामा चोट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।