शुक्लागण्डकी एफएम अब पूर्णकुमारको नेतृत्वमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी एफएम अब पूर्णकुमारको नेतृत्वमा

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७७, शनिबार

    दुलेगाैडा : तनहुँको दुलेगौँडाबाट प्रसारित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जको अध्यक्षमा पूर्णकुमार श्रेष्ठ चयन हुनुभएकाे छ । शनिबार भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्योतिकुमार श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवाई ऋतु, सहसचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा शिव पौडेललाई चयन गरिएको छ । सदस्यहरुमा सुजित हिराचन, बुद्धिबहादुर थापा, सुवासचन्द्र गिरी, हरिलाल रिमाल, राजेन्द्र पौडेल, टिकाराम श्रेष्ठ र दिनेश घिमिरे चयन हुनुभएकाे छ । यो समितिको कार्यकाल २ बर्ष रहनेछ ।

    नवनिर्वाचित अध्यक्ष श्रेष्ठले रेडियोको स्तरबृद्धीमा लाग्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले कानुन अनुसार सामाजिक न्याय र व्यक्तिगत स्वतन्त्रतालाई ख्याल गर्दै रेडियोले तीव्र गतिमा समाचार र मनोरञ्जन प्रदान गर्दै अगाडी बढ्ने बताउनुभाे । ४ वर्ष अगाडी स्थापित रेडियोको स्थापनाकालदेखि दुई कार्यकालसम्म नारायणकुमार श्रेष्ठ अध्यक्ष बनेर रेडियोलाई हाँक्नुभएकाे थियाे ।

    शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारस्थित विपीचोकबाट प्रसारण हुने एफएम तनहुँका विभिन्न भुभागसंगै छिमेकी जिल्ला स्याङजा, कास्की, नवलपुर, पाल्पा लगायतका जिल्लामा सुन्न सकिन्छ । यसअगाडी भएको रेडियोको चौथो साधारणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले सञ्चार जगतले समाजको विकृती विसंगती न्यूनीकरणमा सघाउनुपर्ने बताउनुभयाे । पर्यटकीय गन्तव्यको विकासमा सञ्चार माध्यमको भूमिका अतुलनीय रहने बताउँदै उहाँले भन्नुभयाे ‘शुक्लागण्डकीमा धेरै सम्भावना बोकेका पर्यटकीय स्थल छन् । ती स्थलको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका शुक्लागण्डकी एफएमले खेल्न जरुरी छ ।’