आशाको योजनामा भवन र सडकलाई प्राथमिकता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आशाको योजनामा भवन र सडकलाई प्राथमिकता

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७७, मंगलवार

    दुलेगौडा : यतिबेला संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना सार्वजनिक भईरहेको छ । देशव्यापी रुपमा चलेको यो लहरमा कतिपय जनप्रतिनिधिको सचिवालयले योजनाको सूची सार्वजनिक गरेका छन् ।

    केहीले पत्रकार भेटघाटमार्फत योजनाको सूची सार्वजनिक गरे । केही जनप्रतिनिधिले त आफ्नै फेसबुकको वालबाट योजनाको सूची सार्वजनिक गर्न भ्याएका छन् । तनहुँ २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य आशा कोइरालाले आफ्नो फेसबुक वालमा योजनाको सूची सार्वजनिक गर्नुभएको छ । मङ्गलबार उहॉले योजनाको सूची सार्वजनिक गर्नुभएको हो ।


    तीन स्थानीय तह उहॉको क्षेत्रमा पर्दछ । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाको केही वडा । तीन वटै स्थानीय तहलाई समावेश गरेर सार्वजनिक गरिएको योजनाको सूची अनुसार पहिलो प्राथमिकता भवन निर्माणले पाएको छ । त्यसपछि सडकले । २३ योजनामा ७ वटा भवन निर्माण र ६ वटा सडकका रहेका छन् । खेल मैदान र पार्क २/२, शवदहनस्थल, विद्यालय, भ्यूटावर, कुलो, कृषि उपज संकलन केन्द्र र सिँढी निर्माण १/१ वटा योजना रहेका छन् । ५ लाख रुपैयाँ उहॉले प्रशासनिक खर्चका लागि छुट्याउनुभएको छ ।


    शुक्लागण्डकी नगरपालिका अन्तर्गत शुक्लागण्डकी–२ हलेदीको शहिद स्मृति पार्कलाई २५ लाख रुपैयाँ, शुक्लागण्डकी–३ कवासेको शहिद कृष्ण मावीको भवन निर्माणलाई २५ लाख रुपैयाँ, शुक्लागण्डकी–१ थप्रेकको अमृत आमा समुहको भवन निर्माणलाई ५ लाख रुपैयाँ, शुक्लागण्डकी–२ गाछेपानीको भुलभुले बारही मोटरमार्गलाई ६ लाख रुपैयाँ, शुक्लागण्डकी–५ बेलचौताराको शुक्ला नागढुंगा शवदाह गृहका लागी १० लाख रुपैयाँ, शुक्लागण्डकी–६ खैरेनीटारको जनसेवा मोटरमार्गलाई १० लाख रुपैयाँ, शुक्लागण्डकी–८ लालिमको डहरे सामुदायिक भवनलाई ५ लाख रुपैयाँ, शुक्लागण्डकी –९ बाजस्थलाको बाजस्थला खेल मैदानलाई ५ लाख रुपैयाँ, शुक्लागण्डकी–१० छाब्दीको देउराली आमा समुहको भवनलाई १० लाख रुपैयाँ, शुक्लागण्डकी–११ राईपुरको राजपुर मावीलाई ६ लाख रुपैयाँ, शुक्लागण्डकी–१२ जामुनेको जामुने फेदी सामुदायिक भवनलाई ५ लाख रुपैयाँ र शुक्लागण्डकी–७ खैरेनीको डाङडुङे खोल्सी सिँढी निर्माणलाई २ लाख रुपैयाँ विनियोजन भएको छ ।


    म्याग्दे गाउँपालिका– २ को पसले फौज्दार गाउँ मोटरमार्गलाई १० लाख रुपैयाँ, म्याग्दे–३ को एकता मगर समाजको भवनलाई ८ लाख रुपैयाँ, म्याग्दे–४ को छाङ थर्पु मोटरमार्गलाई १४ लाख रुपैयाँ, म्याग्दे –५ को आठ शहिद पार्कलाई ८ लाख रुपैयाँ, म्याग्दे–६ को अकला क्षेत्रभञ्याङ कृषि मोटरमार्गलाई १० लाख रुपैयाँ, म्याग्दे–७ को डाडागाउँ भ्यूटावरलाई ८ लाख रुपैयाँ र म्याग्दे–२ जामुनेको न्यू भिजन युथ क्लबको भवन निर्माणलाई ३ लाख रुपैयाँ छुट्याईएको छ । यस्तै व्यास नगरपालिका–६ अम्रेनीको गैरीगाड कुलो मर्मतलाई ५ लाख रुपैयाँ र व्यास–६ भगेरीको कृषि उपज संकलन केन्द्रलाई ५ लाख रुपैयाँ विनियोजन भएको छ ।