पर्यटकीय स्थलको प्रचारप्रसारका लागि गीतको सहारा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • पर्यटन

    पर्यटकीय स्थलको प्रचारप्रसारका लागि गीतको सहारा

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७७, मंगलवार

    तनहुँ : पर्यटकीय स्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीय स्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो ।

    दुलेगौडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेको ‘आउ है भुजिकोट’ को अडियो सार्वजनिक भएको छ । गीतको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन गीत सार्वजनिक गरिएको श्रेष्ठले बताउनुभयो । उक्त गीतमा गायिका अजुदा थापाले स्वर भर्नुभएको छ भने सन्तोष प्रधानले सङ्गीत दिनुभएको छ ।

    प्रकृतिको सौन्दर्यमा छैन कुनै खोट
    माया लाउने भए साईँला आउ है भुजिकोट

    उत्तर हेर्यो महानगर, सातै तालको शहर
    दक्षिण तिर नागबेली शुक्ला नदि लहर
    पात बजाई बोलाउँछ, लांकुरीको बोट
    माया लाउने भए साईँला आउ है भु
    जिकोट

    मुस्काउँछ हिमचुली, मगमगाउँछ बुंकी
    फेवा, रूपा, बेगनासले हेर्छ लुकीलुकी
    झुल्किदिन्छ एकैसाथ लेक, वेशी, भोट
    माया लाउने भए साईँला आउ है भुजिकोट

    बन्केवाको उकालीमा, दगाामकी सानी
    हुलका हुल देख्छु भन्छे भ्यु टावर जानी
    सूर्योदय हेर्नलाई जाउँला स्थानथोक
    माया लाउने भए साईँला आउ है भुजिकोट

    यस ठाउँबाट कास्की जिल्लामा रहेका सात वटै ताल अवलोकन गर्न सकिन्छ । यहाँ दृश्यावलोकन स्तम्भ समेत निर्माण भएको छ । साथै यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरी, मनास्लु लगायतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

          तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौंडा बजार इकाईको समन्वयमा पर्यटक आकर्षित गर्ने उद्देश्यले उक्त ठाउँमा रु १३ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ । टावर निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरुले सहयोग गरेका छन् । टावरबाट रातको समयमा पोखरा, लेखनाथ र तनहुँकै खैरेनीटार लगायतका क्षेत्रमा झिलिमिली बत्ती बलेको हेर्न पनि पर्यटक आकर्षित हुने गरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । सूर्यास्त र सूर्योदयको दृश्यावलोकनका लागि पनि भुजिकोट प्रख्यात छ ।