लैङ्गिक हिंसा विरुद्ध निरन्तर अभियान सञ्चालन गर्ने आँबुखैरेनीको प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    लैङ्गिक हिंसा विरुद्ध निरन्तर अभियान सञ्चालन गर्ने आँबुखैरेनीको प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बिहीबार समापन गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले लैङ्गिक हिंसा विरुद्ध निरन्तर अभियान एवं कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले १६ दिनभन्दा पनि निरन्तर रुपमा नै हिंसा विरुद्ध अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

    सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    सोही अवसरमा नारायणी अधिकारीले लैङ्गिक हिंसा विरुद्ध प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष नेत्र गुरुङ, सहभागी सिर्जना अधिकारी, मिना अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।