प्रचण्डपछिको वरियतासहित माधव नेपाल अध्यक्ष चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्डपछिको वरियतासहित माधव नेपाल अध्यक्ष चयन

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    काठमाडाै : बबरमहलमा मङ्गलबार बसेकाे नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।

    वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिनुभयाे । नेपाल प्रचण्डपछिको दोस्रो वरियतामा रहनुहुनेछ । यसअघि एमाले माओवादी एकीकरणका बेला ठूलो पार्टीको अध्यक्षको हैसियतमा केपी ओली पहिलो वरियताको अध्यक्ष बन्नुभएकाे थियाे भने प्रचण्ड दोस्रो वरियतामा हुनुहुन्थ्याे ।

    एकीकरणको बेला माधव नेपाललाई तेस्रो र झलनाथ खनाललाई चौथो वरियतामा राखिए पनि पछि खनाललाई दोस्रो वरियता दिइएको थियो । भोलि बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने प्रचण्ड माधव समूहको तयारी छ ।

    उक्त समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेछ । संसद विघटनबारे त्यहीं बैठकमा छलफल हुने जनाइएको छ ।