क्यामिन स्टार कप शुरु, उदघाटन खेलमा आयोजक विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्यामिन स्टार कप शुरु, उदघाटन खेलमा आयोजक विजयी

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-९ स्थित क्यामिन स्टार युवा क्लवको आयोजनामा शुक्रबारदेखि क्यामिन स्टार कप सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । युवालाई खेलकुदमा आकर्षित गर्ने उदेश्य सहित क्लवले फुटबल प्रतियोगिता आयोजना गरेको हो।

    प्रतियोगिताको वडाध्यक्ष सुरेश थापाले उदघाटन गर्नुभयो । कार्यक्रममा व्यास-७ का वडाध्यक्ष सतिशचन्द्र न्यौपाने, खेल संयोजक कृष्ण थापा लगायतले मन्तव्य राख्नुभएको थियो । व्यास युथ क्लवका सचिव मनोज राउतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    उदघाटन खेलमा आयोजक विजयी

    यसैबीच शुक्रबार भएको उदघाटन खेलमा आयोजक विजयी भएको छ । आयोजक र व्यास युवा क्लवबीच भएको खेलमा आयोजक विजयी भएको हो ।

    क्यामिन स्टार क्लवले व्यास युथ क्लवलाई २-० गोल गरेको छ ।

    प्रतियोगितामा २१ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष मनोज गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताका विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई नगद प्रदान गरिने आयोजकले जनाएको छ।