पोखरा : नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित हुनुभएको छ । संघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी हुनुभएको हो।
८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत सञ्जीव र उनका प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेले २६ प्रतिशत मत प्राप्त गर्नुभयो ।
संघको उद्योग वणिज्यतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल, वस्तुगत र एसोसिएट उपाध्यक्षमा मोतीप्रसाद पौडेल, कोषाध्यक्षमा श्रवणकुमार जोशी, जिल्ला नगर सदस्यमा उत्तमकुमार कर्माचार्य, धर्मराज बस्याल, मंगलप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, लिलाबहादुर अधिकारी र सदस्य एसोसिएट सूर्यबहादुर भुजेल निर्विरोध निर्वाचित हुनुभएको छ।