दुलेगाैडा : मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामकाे आठौं वार्षिक साधारणसभा साेमबार सम्पन्न भएकाे छ। सभाले सचिव दुर्गादत्त सापकाेटाद्वारा प्रस्तुत गत आर्थिक वर्षकाे प्रगति एवं आगामी आर्थिक वर्षकाे कार्ययाेजना सहितकाे प्रतिवेदन र काेषाध्यक्ष सुशीला भुजेलद्वारा प्रस्तुत आर्थिक वर्ष ०७६/७७ काे आयव्यय विवरण सहितकाे प्रतिवेदनहरू पारित गरेकाे छ ।
शुक्लागण्डकी नगरपालिका-२ का अध्यक्ष जगत बहादुर गुरूङले च्यवनधाम यस क्षेत्रकै आकर्षक धार्मिक महत्त्वकाे क्षेत्रका रूपमा स्थापित भइरहेकाे बताउभयाे । धामका उपाध्यक्ष हाेमनाथ लम्सालकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा च्यवनगुम्बा संरक्षण समितिका अध्यक्ष टेक बहादुर फकामी पुन, च्यवनधामका पूर्व अध्यक्ष लेख बहादुर पुन, स्थानीय यम प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
विसं २०६७ सालमा महायज्ञ आयाेजना गरी निर्माण गरिएकाे मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम क्षेत्रमा शुक्लेश्वर महादेव लगायत विभिन्न देवी देवताका मन्दिर, बाैद्व गुम्बा,१०८ पिपलकाे चाैतारी, च्यवन ऋषिकाे शालिक सहितकाे स्तम्भ लगायतका संरचना निर्माण भईसकेका छन् । यसै आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारकाे सहयाेगमा अन्नपुर्ण हिमश्रृङ्खलाकाे कृतिम आकृति निर्माण सम्पन्न गरिने धामकी सहसचिव अस्मिता खनालले जानकारी दिनुभयाे ।