भूमिहिनलाई घर बनाउन अनुदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमिहिनलाई घर बनाउन अनुदान

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    तनहुँ : जिल्लाका भूमिहिनलाई घर बनाउन जग्गा खरिदका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको छ । वर्षौदेखि सार्वजनिक जग्गामा टहरा बनाएर बसेका भूमिहिन लाभग्राही पहिचान गरी उनीहरुलाई जग्गा खरिद गरी घर बनाउन अनुदान उपलब्ध गराइएको जिल्ला आयाेजना कार्यान्वयन इकाइ तनहुँले जनाएकाे छ ।

    इकाका प्रमुख जयप्रकाश गुप्ताका अनुसार १६ लाभग्राही पहिचान भएकामा १३ जनालाई रु दुई लाखका दरले अनुदान उपलब्ध गराइएको छ भने दुई जना लाभग्राहीका लागि जग्गा खरिदको प्रकृया अगाडी बढाइएको छ । स्थानान्तरण हुन नचाहनेहरुको हकमा पुरानै यथास्थनमा निजी आवास निर्माणका लागि स्वीकृती दिइएको छ । त्यस्तो सङ्ख्या दश वटै स्थानीय तहमा गरी तीन सय ७८ छन् ।

    तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ६८.५७ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको छ । हालसम्म ९ हजार तीन सय ७३ घर पुनर्निर्माण भएको छ । पहिलो किस्ता लिने लाभग्राही १३ हजार ६ सय ६८ र दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या १० हजार ६ सय ५४ रहेको छ । माघ मसान्तभित्र डिपिसी गरेर वडा कार्यालयको सिफारिस पश्चात् दोस्रो किस्ता र आगामी वैशाख मसान्तभित्र घर सम्पन्न गरेर वडा कार्यालयको सिफारिस पश्चात् तेस्रो किस्ताको रकम वितरणको तयारी गरिएको गुप्ताले जानकारी दिनुभयो ।

    कार्यालयका अनुसार व्यास नगरपालिकामा एक हजार तीन सय ५३, भानु नगरपालिकामा दुई हजार ९ सय ९३, बन्दीपुर गाउँपालिकामा छ सय ८४, आँबुखैरेनी गाउँपालिकामा पाँच सय ९७, देवघाट गाउँपालिकामा चार सय १८, घिरिङ गाउँपालिकामा एक सय ९७, भीमाद नगरपालिकामा छ सय ७३, म्याग्दे गाउँपालिकामा नौ सय १७, शुक्लागण्डकी नगरपालिकामा एक हजार दुई सय दुई र ऋषिङ गाउँपालिकामा तीन सय ३९ निजी आवास पुनर्निर्माण सकिएको छ ।

    व्यास नगरपालिकामा दुई हजारले पहिलो र एक हजार चार सय ८५ ले दोस्रो, भानु नगरपालिकामा चार हजार तीन सय ८८ ले पहिलो र तीन हजार तीन सय ५१ ले दोस्रो, बन्दीपुर गाउँपालिकामा नौ सय ४३ ले पहिलो र आठ सय १७ ले दोस्रो, आँबुखैरेनी गाउँपालिकामा सात सय ३३ ले पहिलो र छ सय ३८ ले दोस्रो, देवघाट गाउँपालिकामा पाँच सय ९३ ले पहिलो र चार सय ७८ ले दोस्रो, घिरिङ गाउँपालिकामा दुई सय ९३ ले पहिलो र दुई सय २० ले दोस्रो, भीमाद नगरपािलकामा एक हजार ४२ ले पहिलो र आठ सय २५ ले दोस्रो, म्याग्दे गाउँपालिकामा एक हजार तीन सय ११ ले पहिलो र एक हजार दुईले दोस्रो, शुक्लागण्डकी नगरपालिकामा एक हजार आठ सय ५२ ले पहिलो र एक हजार चार सय ३२ ले दोस्रो र ऋषिङ गाउँपालिकाका पाँच सय १७ ले पहिलो र चार सय छ लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझेका छन् ।

    प्रवलीकरणतर्फ एक हजार पाँच सय ६८ लाभग्राही रहेकामा एक हजार दुई सय ४१ ले सम्झौता गरेका छन् भने एक हजार दुई सय ३४ ले पहिलो र आठ लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझेका छन् ।

    तस्वीर : गुगल