भानु नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०७८, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनुभएको छ । यस अगाडीका प्रमुख प्रशासकीय अधिकृतको बढुवा सहित सरुवा भएपछि भानुको प्रमुख प्रशासकीय अधिकृतमा भीमप्रसाद तिवारी आउनुभएको हो ।

    यसअघिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे सहसचिवमा बढुवा भई बैतडीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन हुनुभएको छ । भानु नगरपालिकाले बिहीबार नयाँ प्रमुख प्रशासकीय अधिकृत तिवारीलाई स्वागत गर्दै निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई विदाई गरेको छ । साथै सेवा निवृत्त हुनुभएका शिक्षा शाखा उपसचिव डिल्लीरमण भट्टराईलाई पनि नगरपालिकाले विदाई गरेको छ ।