बाबु छोरा,
समयले आज कहाँ ल्यारायो,
हिजो आफ्नै भन्ने सरकारले आज टाढा बनायो।
त्यसैले यो मनले छोराको लागि आज कलम चलायो ,
मनका केही शब्दहरू लेख्न यहाँहरु माझ रहर जगायो।।
आज तिम्रो धेरै यदा आयो
ति बितेको अतित सबै ताजा भयो।
सानोमा तिमीलाई त्यो सिउडीको सानो काँडा बिझदा
मेरो मनै चसक्क हुन्थ्यो,
बाबु मनै झसङ्ग हुन्थ्यो।
छोरा कहिल्यै नआएको यो के जाति रोग (कोरोना)
तिमी परदेशी भएको बेला आयो।
कहिल्यै नलागेको भोकमरी
तिमी परदेशी भएको बेला लाग्यो।
पहिलो कहाँ कहाँ खेल्न पुग्ने तिम्रो दुई लालाबाला
अहिले मामा घर जादा पनि परपर राख्छन्।
हाम्रो देशमा त छोरा बेसार र पानि
खाएर साबुन र सेनिटाईजर लगाएर
यो कोरोना भाइरस लखेट्दै छन् ।
सुन त, तिमी गएको त्यो समृद्ध राष्ट्रमा
बेसार, साबुन , सेनिटाईजर पाइन्छ कि नाई ??
वाबु तिमी,
आशा ठुलो राखि त्यो ठुलो झोलाको कुम्लो बोकि
परदेश तिमी हिडेेको यहिँ बेला यो कोरोनाले तिमीलाई चिनेको
लाग्यो बरै छिट्टै काज क्रिया भयो बिना चित्तै
उता बा भोकमरीले छटपट
नाता नातिना यता लटपट
सरकार, घरमै बसेर स्वस्थ रहेर बाच्ने तिमी भन्छौ
साबुन पानी र सेनिटाईजर लगाउने तिमी भन्छौ
साबुनको त कुरा कहाँ हो कहाँ यहाँ एक माना चामल छैन घरमा
जम्मा १५ रुपैयाँको त हो नि त्यो माक्स किन लगाउन भन्छौं तिमी
यहाँ १५ रुपैयाँ एउटा चाउचाउ किन्ने पैसा छैन घरमा
हिजो पनि थियो त लकडाउन खै आज पनि त छ
तर दिनप्रति किन सङ्क्रमितको सङ्ख्या झनै किन बढ्दै छ ??
फरक यतिमात्र लाग्छ मलाई
सायद हिजो परीक्षणको दायरा कम थियो
आज केहि बड्दो छ।
कहिले लकडाउन त कहिले सर्ट डाउन
२७५ सासंद लाई त न लकडाउन छ न सर्टडाउन
तलब भत्ता आएकै छ।
तर हामि गरिब जनता कहिले सम्म बाच्ने कहिले सम्म यो सास फेर्ने??
भोकमरीले गर्दा कहिले सम्म आत्महत्या गर्न बाध्य हुने ??
अब फेरि के सोचिरहेछौ?
कोरोनाको दैनिक मुत्यु दर करिब १.८२ होला
तर किन आत्महत्याको १२, १३ भयो ??
अब त भनिदेउ सरकार मैले कति दिन कुर्ने ?
गरिब जनताको मन, शोक, भोक सगँ त खेल्यौ खेल्यौ,
फेरि किन विधार्थीको भविष्य सङ्ग खेल्दै छौं??
धेरै देखाएका थिएउ झुटा आश्वासन र झुटा कष्ट
अब नष्ट गर बिन्ति नष्ट ….।
(गोरखा)