पोखरा : कोरोना भाइरस संक्रमणबाट म्याग्दीका एक जनाको मृत्यु भएको छ । म्याग्दीको मंगला गाउँपालिका वडा नं. ६ का ७६ वर्षका एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ती पुरुषमा यही वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयाे । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या हालसम्म २३३ जना पुगेका छन् ।
फाइल तस्वीर