भारतमा ४ लाख भन्दा बढी थपिए संक्रमित, मर्नेको संख्या पनि ४ हजार माथि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा ४ लाख भन्दा बढी थपिए संक्रमित, मर्नेको संख्या पनि ४ हजार माथि

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७८, शनिबार

    एजेन्सी : गएको २४ घन्टामा भारतमा ४ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यस अवधिमा भारतमा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस अवधिमा ३ लाख १८ हजार ६ सय ९ जना ठीक भएर डिस्चार्ज भएका छन्।

    चौबिस घन्टामा ४ लाख १ हजार ७८ जनामा कोभिड १९ को संक्रमण देखिएको हो। यससँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड १८ लाख ९२ हजार ६ सय ७६ पुगेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २ सय ७० पुगेको छ।