आफ्नै पार्टीभित्र सहयोग नपाउने स्थिति बनेपछि नयाँ सरकार गठनको बाटो खोलेँ: प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आफ्नै पार्टीभित्र सहयोग नपाउने स्थिति बनेपछि नयाँ सरकार गठनको बाटो खोलेँ: प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७८, शुक्रबार

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न आफ्नै पार्टीका नेताहरु लागेको आरोप लगाउनुभएकाे छ । शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफूलाई संसदमा विश्वासको मत नदिनका लागि आफ्नै पार्टीका नेताहरुले असहयोग गर्ने देखेर नयाँ सरकार गठनको बाटो खोलेको बताउनुभयाे ।

    उहाँले भन्नुभयाे,‘ विश्वासको मत नपुगोस् भनेर दलहरूभित्रै विग्रह गरिएको छ। दलभित्रैबाट समेत २७–२८ मान्छे गुटगत ढंगले अनुशासनहीन भएर अनुपस्थित भएका छन्। दलभित्रैबाट विपक्षीसँग मिल्ने खेल भयो।’ उहाँले यस्तो अवस्थामा विश्वासको मत लिँदा नपाइने भएकाले संविधानको धारा ७६ को उपधारा(५) बमोजिमको सरकार गठनका लागि मार्गप्रशस्त गरेको बताउनुभयाे ।