लायन्सको खाद्यान्न अभियान : शनिबार ६ परिवारलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लायन्सको खाद्यान्न अभियान : शनिबार ६ परिवारलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७८, शनिबार

    दमाैली : कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई लायन्स क्लव अफ तनहुँ व्यास सिटीले शुरु गरेको खाद्यान्न वितरण अभियान मार्फत् शनिबार ६ परिवारलाई सहयोग गरिएको छ ।

    विपन्न परिवारलाई सघाउन क्लवले स्थापना गरेको ‘फूड बैङ्क’ मार्फत् शनिबार व्यास–१ का दुई, व्यास–२ का दुई, व्यास–४ का एक र व्यास–५ का एक परिवारलाई खाद्यान्न वितरण गरिएको क्लवका प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिनुभयो । क्लवले शुक्रबार पाँच परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।

    क्लवका अध्यक्ष कुमार मल्लका अनुसार प्रति परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न उपलब्ध गराइएको छ । क्लवको यो अभियानमा दमौलीकै विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । अनुसार प्रति परिवार दश केजी चामल, एक केजी दाल, एक केजी क्वाटी, एक पोका तेल, एक पोका भूजा लगायतका सामग्री उपलब्ध गराइएको छ ।