भानु : तनहुँको भानु नगरपालिका–८ वेनीबगरका दलित महिलालाई बाख्रा वितरण गरिएको छ । सिर्जना जैविक महिला समूहका दलित विपन्न महिलालाई आयआर्जनमा सघाउने उद्देश्य सहित बाख्रा वितरण गरिएको हो ।
मिलनशील महिला समूहको अगुवाईमा सम्झना परियार, कल्पना परियार (क), उर्मिला परियार, दिपिका परियार, सीता परियार (ख), सीता परियार (क), अस्मिता परियार, सिर्जना शर्मा, सरिता परियार, कमल परियार (ख), विमाया परियार र ज्ञानु परियारलाई बाख्रा वितरण गरिएको हो ।
कृषि तथा पशुपंक्षी मन्त्रालयबाट अनुदानबापत प्राप्त बाख्रा भानु नगरपालिकामार्फत् वितरण गरिएको हो ।