तनहुँ: कोभिडबाट प्रभावित भएका आँबुखैरेनी गाँउपालिका–१ भुजेल गाउँका ५७ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी दीपक भट्टराईको पहलमा सफर नेपालका टुरिजम एण्ड टुर्स प्रालिले खाद्यान्न सहयाेग गरेकाे हाे ।
सफर नेपालका निर्मल कुमार अधिकारी, जमिर हुसेनको सहयोगबाट प्राप्त खाद्यान्न सहयोग गरिएको महामहामन्त्री भट्टराईले जानकारी दिनुभयाे । साे क्रममा एक/एक बाेरा चामल, नून, तेल, दाल लगायत हस्तान्तरण गरिएकाे थियाे ।