ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । ऋषिङ गाउँपालिका–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव आज साँझ फेला परेको हो ।
पहिराले पुरिएर थापा बिहानदेखि बेपत्ता हुनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी कोटदरवारका सभापति इन्द्र आलेले लामो समयको खोजीपछि थापाको शव फेला परेको जानकारी दिनुभयो । आज बिहान साढे ५ बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको हो ।
पहिराले पुरिएर आज नै ऋषिङ गाउँपालिका–७ दधिवनमा ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ ।