नेकपा माओवादी केन्द्र तनहुँ-काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा माओवादी केन्द्र तनहुँ-काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा पौडेल

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शनिबार

    काठमाडौ: नेकपा माओवादी केन्द्र तनहुँ- काठमाडौ जनसम्पर्क मञ्चको अध्यक्षमा मदन पौडेल निर्वाचित भएका छन् । शनिबार काठमाडौमा भएको भेलाले पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको हो ।

    भेलामा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी इन्चार्ज तथा स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले परम्परागत संसदीय व्यवस्था माओवादीहरुको लक्ष्य नभएको भन्दै सम्झौताको अवस्थाबाट आएको बताए ।

    भेलामा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल, सम्पर्क समन्वय समिति संयोजक तथा केन्द्रीय सदस्य प्रलाद बुढाथोकी, केन्द्रीय सदस्य सुरेश आलेमगर , केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद आशा कोइराला , गण्डकी प्रदेश संपर्क कमिटी अध्यक्ष तारा कुमाल लगायतले बोलेका थिए ।