पाकिस्तानमा भूकम्प जाँदा कम्तिमा २० को मृत्यु, सयौँ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    पाकिस्तानमा भूकम्प जाँदा कम्तिमा २० को मृत्यु, सयौँ घाइते

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७८, बिहीबार

    क्वेटा : पाकिस्तानको दक्षिण क्षेत्रमा भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा २ सयभन्दा बढी घाइते भएका छन्।

    भूकम्प बिहीबार सबेरै गएको हो। मानिसहरू सुतिरहेकै बेला गएको ५.७ रेक्टर स्केलको भूकम्पले मानवीय क्षति गरेको हो।

    उद्धारकर्ताहरूका अनुसार मृत्यु हुनेमा बालबालिका र महिलारू बढी रहेका छन्।

    भूकम्पले सयौँ घरहरू भत्किएका छन् भने सरकारी भवनहरू पनि भत्किएका छन्। त्यस्तै सयौँ मानिस विस्थापित भएको रोयटर्सले स्थानीय अधिकारीलाई उद्दृत गर्दै समाचार लेखेको छ।

    अमेरिकी जिओलोजिकल सर्भेका अनुसार भूकम्प क्वेटादेखि १०२ किलोमिटर टाढा रहेको थियो। भूकम्पको विन्दु २० किलोमिटर गहिराईमा रहेको थियो।