ऑधीमूलमा एकादशी मेला लाग्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑधीमूलमा एकादशी मेला लाग्ने

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७८, मंगलवार

    ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ स्थित ऑधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले यस वर्ष एकादशी मेला सञ्चालन गर्न लागिएको हो ।

    कोरोना कहरका कारण गत वर्ष यहॉ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहॉ हजारौको सङ्ख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिए । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा ऑधीमूल पुग्न सकिन्छ ।

    ऑधीमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । ऑधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा लाग्ने गर्छ । ऑधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । त्यसैले पनि मनोकांक्षा पुरा हुने अपेक्षा सहित मानिसहरु टाढाटाढाबाट आउने गरेको स्थानीयहरु बताउँछन् ।