शुक्लागण्डकीमा करेन्ट लागेर युवकको मृत्यु, विद्युतले लापरवाही गरेको स्थानीयको आरोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा करेन्ट लागेर युवकको मृत्यु, विद्युतले लापरवाही गरेको स्थानीयको आरोप

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७८, बिहीबार

    दुलेगौडा : तनहुँमा बिहीबार विहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

    विहान ७ बजे उनी हातमा मोबाईल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको प्रत्यक्षदर्शी पवन राना मगरले बताए । विहान ४ बजे उनलाई करेन्ट लागेको आशंका गरिएको छ । त्यो समय गाउँको ट्रान्सफर्मरमा आगलागी भएको थियो ।

    प्रत्यक्षदर्शी रानाका अनुसार मृतकको दाहिने हातमा मोबाईल थियो । ‘दाहिने हात, मोबाईल र चार्जर पनि जलेको छ’, उनले भने । घटनास्थलमै मृत्यु भएको आशंका गरिएपनि स्थानीयले उनलाई उपचारका लागि जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याएका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    सामुदायिक ग्रामिण विद्युतीकरण दुलेगौँडाको लापरवाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझेका छैनन । ग्रामिण विद्युतीकरणले मृतकको परिवारलाई राहात स्वरुप २५ लाख रुपैयाँ दिनुपर्ने माग छ ।

    स्थानीयवासी, जनप्रतिनिधी र ग्रामिण विद्युतीकरणका पदाधिकारीबिच विहीबार दिनभर जिपी कोईराला अस्पताल परिसरमा छलफल भएपनि टुंगो लाग्न सकेन् । विद्युत्तीकरण समितिका सबै पदाधिकारी उपस्थित नहुदाँ राहात दिनेबारे टुंगो नलागेको हो । शुक्रबार विहान फेरी छलफल हुने जनाईएको छ ।

    करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाईते भएका छन् । मृतकका काका ४१ बर्षीय दलबहादुर राना र २४ बर्षिया सोममाया थापा मगर घाईते भएका हुन् । घाईते दुवैको जिपी कोईराला अस्पतालमा उपचार भईरहेको छ । दुवैको अवस्था खतरामुक्त छ ।

    विहान ४ बजे घर अगाडीको ट्रान्सफर्मरमा आगो बलेको देखेपछि घरमा रेहेको एमसिबी बन्द गर्दा हातमा करेन्ट लागेर ढलेको घाईते दलबहादुरले बताए । सामुदायिक ग्रामिण विद्युतीकरण दुलेगौँडाको लापरवाहीका कारण गाउँमा दुखद घटना घटेको उनको भनाई छ । ‘ट्रान्सफर्मर बेला बेलामा बिग्रिरहन्थ्यो । फ्युज गएर झिरझिर आगो बलिरहन्थ्यो । बिजुलीको मान्छेलाई मर्मत गरिदिन कतिपटक भनियो सुन्दै नसुन्ने । हामीले आफैँले पनि कतिपटक फ्युज फे¥यौँ’, उनले अगाडी थप्दै भने, ‘अहिले त फ्युज नै थिएन् । हप्तामा दुई पटकसम्म बिग्रने उनीहरुलाई आउन दुख भएर डाइरेक्ट जोडदिए ।’ उनका अनुसार डेढ महिनादेखी ट्रान्सफर्मरमा फ्युज नराखि लाइन जोडिएको थियो । ट्रान्सफर्मरमा फ्युज जोडिएको भए गाउँमा दुखद घटना नघट्ने उनको जिकिर छ । विहीबार विहान हाईभोल्टेज विधुत प्रवाह हुदा ट्रान्सफर्मरसँगै अधिकांश घरको विधुतिय सामाग्रीमा क्षति पुगेको स्थानीय बताउँछन् । दुरुङचुङमा रहेको ट्रान्सफर्मरबाट २७ घरमा विद्युत प्रवाह हुदै आईरहेको छ ।