परियोजना सम्पन्न सङ्कल्प महायज्ञ हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    परियोजना सम्पन्न सङ्कल्प महायज्ञ हुने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा शिवलोक निर्माण परिकल्पना परियोजना सम्पन्न सङ्कल्प महायज्ञ २०७८ गरिने भएको छ ।

    ‘पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट, विशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट’ एवं ‘समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेका लागि निकास’ भन्ने उद्घोषका साथ विशाल मूर्ति निर्माणसहित परिकल्पना गरिएको शिवलोक निर्माण परियोजनाका लागि आगामी माघ ८ गतेदेखि १८ गतेसम्म शिव महापुराण गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

    यसअघि गत २०७३ फागुन ३ गतेदेखि १३ गतेसम्म लगाइएको शिव महापुराणबाट २० रोपनी जग्गासहित रु छ करोड १८ लाख नगद प्राप्त भएको जानकारी दिँदै उहाँले आगामी शिव महापुराणमा रु १० करोडसम्म सहयोग प्राप्त हुने विश्वास लिइएको जानकारी दिए ।

    महायज्ञका साथै सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त रकमबाट ५१ फिट अग्लो विशाल महादेव मूर्ति, ३१ फिट उचाइको डमरु, १०८ स्वर्गद्वारी सिँढी निर्माण, २१६ शिवलिङ्ग स्थापना, मोनोरेलद्वारा गणेश परिक्रमालगायतका विभिन्न काम सम्पन्न भइसकेको जानकारी दिँदै उनले हालसम्म रु २० करोड खर्च भइसकेको जानकारी दिए ।

    रु २० करोडमध्ये तीन करोड ७५ लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी दिँदै उनले परियोजनालाई सम्पन्न गर्ने सन्दर्भमा महायज्ञ गर्न लागिएको स्पष्ट पारे । सुरुमा मूल लागत रु २० करोड रहेको बृहत् कार्ययोजना सम्पन्न गर्न तय भएका कार्यक्रम संशोधन भई हाल सुमेरु पर्वत निर्माण, गणेश परिक्रमा, मोनोरेल आदि थप कार्यक्रम समावेश गराउँदा लागत थप हुन गई रु ४० करोड पुगेको उनको भनाइ छ ।

    महायज्ञ सम्पन्न गर्न पुम्दीकोट विकास समितिका अध्यक्ष बरालको संयोजकत्वमा १००८ सदस्यीय मूल आयोजक समिति गठन भई विभिन्न ३८ वटा उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।