दमौली । कोरोना कहरका कारण माघ १९ गतेदेखि आयोजना हुने तनहुँ महोत्सव स्थगित भएको छ । सरकारले २५ जना भन्दा बढी मानिसको जमघट नगर्न निर्देशन दिएसँगै तनहुँ उद्योग वाणिज्य सङ्घले महोत्सव स्थगित गर्ने निर्णय गरेको हो।
कोभिड-१९ कारण अर्को सूचना जारी नभएसम्मका लागि महोत्सव स्थगित गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।