भानुमा माघ २ गतेदेखि विद्यालय बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा माघ २ गतेदेखि विद्यालय बन्द

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७८, बिहीबार

    दमाैली । तनहुँको भानु नगरपालिकाले माघ २ गतेदेखि १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गरी सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसि) को सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस २६ र जिल्ला विपद् व्यवस्थापन समिति तनहुँको पुस २९ को निर्णय अनुसार भानुमा माघ २ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

    विद्यालयमा कोभिड सङ्क्रमणको उच्च जोखिम देखिएकाले नगरक्षेत्रभित्र सञ्चालित विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले बताए । विद्यालयहरुमा सञ्चालन भइरहेको दोस्रो त्रैमासिक र अर्धवार्षिक परीक्षाहरु पूर्व निर्धारित समय तालिका बमोजिम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्थापन गरी सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ ।