भानुमतिमा उद्घोषण तालिम सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भानुमतिमा उद्घोषण तालिम सुरु

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७८, सोमबार

    भिमाद । भानुमतिमा उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु भएको छ । भिमाद नगरपालिका–९ वडा कार्यालयको आयोजनामा आइतबारदेखि एक हप्ते तालिम सुरु भएको हो ।

    तालिमको उद्घाटन गर्दै वडाध्यक्ष इमानबहादुर थापाले वडावासीको नेतृत्व विकास गर्दै आत्मविश्वास सिर्जना गर्नलाई तालिम दिएको बताए ।उनले वडामा पुर्वाधारसँगै मानविय विकासका लागि प्रयासरत रहेको बताए । समाज परीवर्तनका लागि नेतृत्व विकास हुनुपर्ने उनको भनाई छ । यो तालिम नयाँ सुरुवात भएको उनको भनाई छ ।

    वडा सदस्य बाबुराम रानाले तालिममा सिकेका सिपलाई गाउँ टोलमा गएर सिकाउन अनुरोध गरे ।

    नेकपा एमाले भिमाद नगरपालिका–९ वडा कमिटीका अध्यक्ष रनबहादुर थापाले अनुशासन र ध्यानपुर्वक तालिम सिक्न उनको सुझाव छ ।

    पाईमी टोल विकास संस्थाका अध्यक्ष मदन आलेले चार बर्ष अगाडि नै तालिम आउनुपर्ने तालिम बल्ल आएको बताए । पछिल्लो समय व्यक्तित्व विकासका लागि यस्तो तालिम निकै आवश्यकता रहेको बताए ।

    तालिम २२ फागुनसम्म चल्नेछ । ३० जना प्रशिक्षार्थी तालिममा सहभागी भएका छन् ।