शुक्लागण्डकी जेसीजको होली मिलन : मैत्रीपुर्ण फुटबलको उपाधि नेपाल स्कुललाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी जेसीजको होली मिलन : मैत्रीपुर्ण फुटबलको उपाधि नेपाल स्कुललाई

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७८, बिहीबार

    दुलेगौडा । फागु पुर्मिमाको अवसरमा शुक्लागण्डकी जेसीजले होली मिलन कार्यक्रम गरेको छ । विहीबार नेपाल पुलिस स्कुल शुक्लागण्डकी–५ बेलचौतारामा होली मिलन कार्यक्रम गरेको हो । होलि मिलन कार्यक्रमसँगै मैत्रिपुर्ण फुटबल प्रतियोगिता समेत भएको छ ।

    शुक्लागण्डकी जेसीज र नेपाल पुलिस स्कुलका शिक्षक कर्मचारीबिच भएको मैत्रीपुर्ण खेलमा नेपाल पुलिसले उपाधि उचालेको छ । ३–२ गोल अन्तरले जेसिजलाई पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो ।

    नेपाल पुलिस स्कुलका तर्फबाट निर्मल परियार, लेकमान श्रेष्ठ र सुनिल श्रेष्ठले एक एक गोल गरे । जेसिजका सुवास शाही एक्लैले दुई गोल गरेका हुन् । विजेता नेपाल पुलिस स्कुलले ट्रफी प्राप्त गरेको छ ।

    सो अवसरमा बोल्दै नेपाल पुलिस स्कुलका समादेशक प्रहरी निरिक्षक वनोद सुवेदीले खेलकुद मार्फत व्यक्तित्व विकास हुने बताए ।

    शुक्लागण्डकी जेसीजका पुर्व अध्यक्ष एवम नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठले मैत्रीपुर्ण खेलले सम्बन्धलाई प्रगाढ बनाउन सघाउने उल्लेख गरे ।

    आपसी सद्भाव र भाइचारा स्थापित गर्नलाई होलिमिलन र मैत्रीपुर्ण फुटबल कार्यक्रम गरेको शुक्लागण्डकी जेसीजका अध्यक्ष शिवबहादुर विकले बताए ।

    कार्यक्रममा नेपाल पुलिस स्कुल बेलचौताराका माध्यमिक तह संयोजक राजन सुवेदी, शुक्लागण्डकी जेसीज बर्ष २०१५ का अध्यक्ष युवराज भट्टराई, बर्ष २०२२ का उपाध्यक्ष एवम होलिमिलन कार्यक्रमका संयोजक सरोज गौतम, महासचिव ईश्वर श्रेष्ठ लगायतले बोलेका थिए । यसैबिच नेपाल पुलिस स्कुलका विद्यार्थीका लागि खेलकुद सामाग्री समेत हस्तानतरण गरिएको छ ।