राप्रपाको चैत १७ गते दमौलीमा आमसभा, राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपाको चैत १७ गते दमौलीमा आमसभा, राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७८, शनिबार

    दमाैली । राप्रपा तनहुँले आगामी चैत १७ गते दमौलीमा आमसभा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरी राप्रपाले सदरमुकाममा आमसभाको तयारी गरेको हो । सभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।

    राप्रपा तनहुँले उक्त कार्यक्रम सफल पार्नका लागि तयारी थालेको छ । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा शनिबार बसेको बैठकले ५१ जनाको मूल समिति र विभिन्न उपसमिति गठन गरेको छ । बैठकमा स्थानीय तहका लागि उम्मेदवारी सम्बन्धमा पनि छलफल भएको थियो ।