दमौली । चैत १० देखि सुरु हुने आठौ तनहुँ महोत्सवको तयारी तीव्र पारिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले महोत्सवको तयारी तीव्र पारेको हो ।
व्यास-३ विपी वनवाटिकामा स्टल र रमाइलो मेला निर्माणका काम भइरहेका छन् । महोत्सवको प्रचारप्रसारलाई पनि जोड दिइएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘सबै क्षेत्रबाट महोत्सव सफल बनाउन सहयोग प्राप्त हुने विश्वास लिएका छौ,’ उनले भने ।
सङ्घले बजार सजावटका काम पनि गरेको छ। सफासडकका दुवै तर्फका पेटीमा रङरोगन गरिएको छ।
चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।