जिपी श्वासप्रश्वास उपचार केन्द्रले सम्झियाे स्व. गिरीजाप्रसाद कोइरालालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपी श्वासप्रश्वास उपचार केन्द्रले सम्झियाे स्व. गिरीजाप्रसाद कोइरालालाई

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७८, सोमबार

    दुलेगाैडा । नेपाली राजनीतिका शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस साेमबार तनहुँमा मनाइएको छ । गिरीजाप्रसाद कोइरालाकै स्मृतिमा निर्माण गरिएको तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले स्मृति दिवस मनाएको हो ।

    स्मृति दिवसमा स्व. कोइरालाको तस्वीरमा माल्यार्पण गरिनुका साथै उपचार केन्द्रमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको छ । उपचार केन्द्रमा रहेका १५ जना बिरामीलाई फलफूल वितरण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए।

    उपचार केन्द्रका बोर्ड सदस्य राम भण्डारी, सर्वदा खनाल, शेषमणि आचार्य, पदमप्रसाद दवाडी लगायतले बिरामीलाई फलफूल वितरण गरेका थिए ।

    दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।