जन्मकै आधारमा जनताको रगत र पसिना चुसेर खाने सामन्ती राजसंस्थाको बिधिवत रुपमा अन्त्य भैसकेपछि मुलुक गणतन्त्रको शंखघोष गर्दै अगाडी बढेको थियो । नेपाली जनताको अपेक्षा सामन्ती राजसंस्था जस्तो दलका नेताहरु र दलिय व्यबस्था नहोस् भन्ने पनि हो तर हामिले प्राप्त गरेका उपलब्धिहरु गणतन्त्र,धर्म निरपेक्षता, संघीयता, संविधानको रक्षा गर्दै विशेषत प्राप्त उपलब्धिलाई जोगाउदै आर्थिकसमृद्धि र विकासका निम्ति समृद्धिको लागि लडाइँ लड्नु नै छ । हाम्रो विभिन्न समय र कालखण्डमा लडेका आन्दोलनको उपलब्धी हो संघियता ! गाउँ गाउँमा सिहदरबार हाम्रो पुस्ताकै लागि विशेषत युवा पुस्ताकै लागि महत्वपूर्ण अवसर तथा उपलब्धि हो । स्थानीय सरकार संघीयता अनुरुप छ वा छैन स्थानीय तहका जनप्रतिनिधि त्यो अनुरुप काम कार्य गरेका छन् कि छैनन्, काम गर्न भनेर अवसर प्राप्त जनप्रतिनिधिहरु आफ्ना र आफन्तको मात्रै काम गरे कि जनताको पनि गरे ? जनताको सेवक बन्नुपर्नेहरु आफैले नयाँ श्रीपेच लगाउने त्यसको समिक्षा गरौंला तर पनि सिहदरबार गाउँ गाउँमा पुग्नु र सेवा प्रवाह हुनु यो युगको लागि स्वर्णिम युग नै हो । आफैले श्रीपेच लगाउन थालेकी थालेनन्, काम सिन्को नभाच्ने गफ सिहकै लगाउने भयो कि भएन दरवार काठमाडौ मै छोडेर सिहंलाई मात्रै प्रबेश गराईयो कि भन्ने पनि होला तर त्यसको समिक्षा गरौंला नै हामिले यसको प्रयोग कसरी गर्यौं गर्न जानेनौ अलक पाटो हो ।
व्यवस्था परिवर्तन त गर्यौं मानसिकता परिवर्तन गर्न हामी अझै कन्जुस्याइँ गर्दैछौ कि ? यो पाटोको समिक्षा जरुरी छ । हामीले सच्याउन पर्ने ठाउँहरु छन र सच्चिनुपर्ने ठाउँहरु पनि छन् । युवा समाजपरिवर्तनको संवाहक हो,रास्ट्रको पहरेदार,विकास र समृद्धिको आधार हो युवा युवाहरूलाई दलहरूले प्रयोग मात्रै गर्ने कि युवापुस्ताको भिजनको सम्मान गर्ने आजको हरेक युवा आफुलाई अब्बल साबित गर्न तयार छ । युवाको सुन्दर सपनाहरू रास्ट्र निर्माणको परिकल्पना सहित खेर गैरहेका छन् । सपनाहरू दण्डित बनेका छन् वा बनाईएको छ । हरेक नयाँ पुस्ताको विचार र सोंच नयाँ र युगिन हुने गर्छ । हामीले कसरी लिने वा प्रयोग गर्ने विशेषगरि पार्टीहरुले कसरी प्रयोग गर्ने भन्ने नै हो । हामिले जनतालाई मालिक सम्झीएका छौ कि दास ? हाम्रो बाटो तय कसरी गरिरहेका छौ सोच्ने बेला आएकोछ । स्थानीय सरकारमा युवाहरुले सोच्ने बेला आएको छ, युवाले आफ्नो मिसन र भिजनको सहि सदुपयोग गर्ने र आफुलाई बहादुर अनि अब्बल बनाउने युवाको नेतृत्व क्षमता प्रर्दशन गर्ने बेला पनि हो स्थानीय निर्वाचन ! सेतो दारी भएको बेला सम्म्म कुर्नुपर्न,पालो पर्खनुपर्ने र काम गर्ने जोश जांगरलाई मृतहुने बेलामा पाउने सम्मान र दिइएका अवसरहरुले हामिलाई नटेर्न पनि सक्छ । ” मोहि हुँदा मकै छैन, मकै हुँदा मोहि ” को अवस्था रहेमा स्वाद सक्छ । मिसन र भिजन हुँदै समाज परिवर्तन अगुवाईमा हरेक युवाको हस्तक्षेपकारी भुमिका हुनु जरुरी छ । हाम्रो परिकल्पना स्थानीय सरकार बनाउने अभियानमा आजैबाट लागौं । स्थानीय सरकार भनेकै काम गर्ने थलो हो मिसन र भिजनका साथ बिकास र समृद्धिहरुले हरेक स्थानीय तहमा युवाहरुलाई पर्खीरहेको छ । प्रत्येक वडा र पालिकाहरुले हरेक जनप्रतिनिधिहरुमा युवाको अनुहार खोजिरहेको छ । मिति २०७८ वैशाख ३० गते हुदैं गरेको स्थानीयतहको निर्वाचनमा युवालाई आव्हान गरिरहेको छ । युवा जोशका साथ अगाडी बढ्न आव्हान गर्ने कि पालो पर्खिएर बस्ने ? फेरि राजनीति भनेको पर्खिनु मात्रै पनि त होईन,परिवर्तन भनेको पर्खिएर मात्रै पनि त आउदैन ? त्यसैले भने नि जाग लम्क चम्क हे नौजवान हो ….. युवाले नेतृत्व गरेको स्थानीय पालिकाहरु बिकासका लहर छुटेका छन् केही आशा पलाएको छ भने सुनौलो सपना बुनेका छन् त्यसैले अबको स्थानीय सरकार,युवाको अनुहार बन्नुपर्छ ,हामीले बनाउने छौ, हामी पालो पर्खने लाईनमा छैनौ युवा जोश र जांगरले काम गर्न सक्षम छौ, । हार्दिक अभिवादन !
लेखक नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियु गण्डकीका सचिव हुन्