दमौली। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भिमाद नगरपालिका-३ मा एमालेबाट पदम ठकुरी सर्वसम्मत सिफारिस भएका छन् । भिमाद-३ वडा कमिटीले वडाध्यक्षका लागि ठकुरीलाई सर्वसम्मत सिफारिस गरेको हो ।
उनी स्थानीय स्तरमा लोकप्रिय छन् ।गत निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो । एमालेले जिल्लाका सबै पालिकामा उम्मेदवार सिफारिस कार्यलाई तीव्रता दिएको छ ।