वीर गोर्खाली स्तम्भ बनाउन लालबहादुरले दिए एक लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वीर गोर्खाली स्तम्भ बनाउन लालबहादुरले दिए एक लाख

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७९, मंगलवार

    दमाैली । नेपाल भूपू सैनिक क्लव दमौलीले निर्माण गर्न लागेको वीर गोर्खाली स्तम्भका लागि व्यास नगरपालिका–२ निवासी लालबहादुर थापाले एक लाख २५ रुपैयाँ सहयोग गरेका छन् । क्लवका मानार्थ सदस्य रहेका थापाले मंगलबार क्लवलाई उक्त रकम सहयोग गरेका हुन् ।

    क्लवका अध्यक्ष क्या. तारालाल मल्ललाई रकम हस्तान्तरण गर्दै थापाले रकम अपुग भएमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । थापा व्यास नगरपालिका–२ का निवर्तमान वडा सदस्य समेत हुन् ।

    क्लवले व्यास नगरपालिका–१ भादगाउँस्थित कार्यालय बाहिर वीर गोर्खाली स्तम्भ बनाउने तयारी गरेको छ । स्तम्भ सहितका अन्य संरचनाका लागि करिब दुई लाख आवश्यक पर्ने अनुमान गरिएको छ । क्लवकै सदस्यहरुबाट रकम उठाएर उक्त स्तम्भ निर्माण गरिने अध्यक्ष मल्लले जानकारी दिए ।