पौडेलको गृहजिल्लामा देउवा आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पौडेलको गृहजिल्लामा देउवा आउँदै

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    दमौली । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावीसभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ आउँदै छन् ।

    यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शनिबार आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दमौली आउन लागेका हुन् ।

    सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा प्रकाशशरण महतलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । व्यास नगरपालिका–३ अनसनचौतारीमा चुनावीसभा आयोजना गरिएको छ ।

    नेपाली कांग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार छन् ।