आचारसंहिता विपरित समाचारले बदनाम गराउन खोजियो : एमाले तनहुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आचारसंहिता विपरित समाचारले बदनाम गराउन खोजियो : एमाले तनहुँ

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दमाैली । नेकपा एमाले तनहुँले शुक्लागण्डकीका मेयर उम्मेदवार मुक्तिनाथ तिमिल्सिनालाई बदनाम गराउने उद्देश्यले प्रकाशित समाचारप्रति खण्डन गरेको छ । केही सञ्चारमाध्यममा मेयर उम्मेदवार तिमिल्सिनालाई लक्षित गरी आचारसंहिता विपरित प्रकाशित समाचारप्रति एमालेले आपत्ति जनाएको हो ।

    एमाले तनहुँका सचिव राजेश्वर ढकालले सोमबार प्रेस विज्ञप्ती सार्वजनिक गरी आचारसंहिता विपरित कपोकल्पित र भ्रामक सचार सम्प्रेषण गरिएको उल्लेख गरेका छन् । शुक्लागण्डकी नगरपालिकाभित्र करिब सात हजार अव्यवस्थित बसोबासी भूमिहिन दलित र सुकुम्बासी सदियौदेखि आमोद कमोद गरी बसोबास गरी आएको उल्लेख गर्दै विज्ञप्तीमा उनीहरुलाई लक्षित गरी केही ठालु नवधनाढ्यबाट बारम्बार प्रभावित बनाई जग्गाधनी पूर्जा प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित गरिएको जनाइएको छ ।