भानु । भानु नगरपालिका–११ को वडाध्यक्षमा नेकपा एमाले र जोशी समूहका विमलराज जोशी निर्वाचित भएका छन् । जोशी एक हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रविन भुजेलले नौ सय १६ मत प्राप्त गरे।
महिला सदस्यमा एमाले–जोशी समूहकै लालमति गुरुङ नौ सय ९२, दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसकी सरस्वती विक नौ सय ४६, खुल्ला सदस्यमा काङ्ग्रेसकै अजय थापा आठ सय ९४ र एमालेका अक्कलबहादुर गुरुङ नौ सय २३ मत प्राप्त गरी विजयी भए।