भिमादमा २,८५३ किसान सुचिकृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा २,८५३ किसान सुचिकृत

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७९, बुधबार

    भिमाद : जिल्लाको भिमाद नगरपालिकामा झन्डै तीन हजार किसान सुचिकृत भएका छन् । दुई हजार ८५३ किसान सुचिकृत भएको पशु सेवा शाखाले जानकारी दिएको छ । तत्कालिन पशु सेवा शाखा प्रमुख मुक्ति पौडेलको नेतृत्वमा किसान सुचिकरण गरिएको थियो ।

    भिमादमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै किसान सुचिकृत भएका छन् । यहाँको नौ वडामा खटिएका १६ जना गणकले किसान सुचिकरण गरेका हुन् । आगामी आर्थिक बर्षमा नगरका सबै किसानको सुचिकरण गरेर परिचयपत्र वितरण गर्ने जनाईएको छ ।