दमौली । लागुऔषध मुद्दामा तनहुँ अदालतबाट कैद र जरीवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ बस्ने २६ वर्षीय सुजन तामाङ र सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ३२ वर्षीय आइते तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निजहरुलाई सम्बन्धित घरवतनबाटै बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेका दुई जनालाई कैद र जरीवाना भुक्तानका लागि शुक्रबार अदालत उपस्थित गराइनेछ ।
तनहुँ अदालतले विसं २०७८ असोज ९ गते निजहरुलाई जनही दुई वर्ष कैद र जनही रु दुई लाख जरीवानाको फैसला सुनाएको थियो ।