भानुका जनप्रतिनिधिलाई निजामती कर्मचारी युनियनको बधाई, खादाको रकमले शैक्षिक सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका जनप्रतिनिधिलाई निजामती कर्मचारी युनियनको बधाई, खादाको रकमले शैक्षिक सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०७९, बुधबार

    दमाैली । नेपाल निजामति कर्मचारी युनियन तनहुँले भानु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । सङ्घले बुधबार कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिलाई बधाई दिएको हो ।

    युनियनका अध्यक्ष नारायण अधिकारीले नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे लगायतलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

    सङ्घले खादामा खर्च हुने रकमबाट शैक्षिक सामग्री खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र खादा प्रयोग नगर्ने निर्णय गरेकाले खादामा खर्च हुने रकमले शैक्षिक सामग्री खरिद गरी विपन्न विद्यार्थीलाई वितरण गर्नका लागि नगरप्रमुख मार्फत् प्रदान गरिएको युनियनका केन्द्रीय सदस्य काशीराज पण्डितले जानकारी दिए ।