दमाैली । तनहुँको भानु नगरपालिका–९ बडहरेबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय योगेन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोलीले थापालाई घरबाटै लागुऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
प्रहरीले निजको कोठाबाट डाइजेपाम ९८, फेनरागन ९८, नुफिन ९८ गरी दुई सय ९४ एम्पुल लागुऔषध बरामद गरेको छ । पक्राउ परेका थापा विरुद्ध आइतबार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।