दुलेगौडा । गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराएको छ।
नगरपालिका अन्तरगतका ५७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएको हो । उनीहरुलाई जनही ६ हजारका दरले भत्ता वितरण गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।