निर्वाचन आयोगको प्रस्ताव- संसदीय चुनाव मंसिर २ वा ५ मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्वाचन आयोगको प्रस्ताव- संसदीय चुनाव मंसिर २ वा ५ मा

    खबरपुञ्ज संवाददाता

    २० असार २०७९, मंगलवार

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।

    निर्वाचन आयोगले भोलि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगका एक सदस्यले जानकारी दिए ।

    आयोगले बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ ।